बिहिबार, बैशाख १३, २०८१

अस्थायी राजधानी तोक्ने कुनै निर्णय भएको छैन: प्रम तथा म.प.को कार्यालय

 काठमाडौ पुसर १९,  सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता तथा सहसचिव हरिप्रसाद पन्थीद्वारा आज जारी विज्ञप्तिमा नेपालको संविधानको धारा २८८ को उपधारा ९३० बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने सम्बन्धमा त्यस्तो कुनै निर्णय नभएकाले यस सम्बन्धमा भ्रममा नपर्न भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।