शनिबार, बैशाख ८, २०८१

अस्थायी राजधानीको माग गर्दै धनकुटा र दाङबासी आन्दोलनमा,स्थानीय जनजीवन प्रभावित

 संविधानको धारा २८८ को उपधारा २ मा ‘यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भनिएको छ । सोही धाराको उपधारा ३ मा यसरी निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था भएपनि जुन रुपमा अहिले आन्दोलन छेडिएको छ । त्यो आन्दोलनको कुनै तुक नभए पनि आन्दोलनको नाममा आन्दोलन गर्नु यसवीचमा प्राप्त सम्पूर्ण उपलब्धीलाइ नामेट गर्ने प्रयास भएको विश्लेषकहरुको राए 

काठमाडौं माघ ३ , सरकारले आज मन्त्रीपरिषदको बैठक मार्फत  प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी  सहित बैठक बस्दै गर्दा प्रदेश राजधानी माग गर्दै आह्वान गरिएको आमहड्तालका कारण धनकुटा र दाङको जनजीवन प्रभावित भएको छ ।  धनकुटाबासीले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउनुपर्ने माग गर्दै जारी राखेको आन्दोलन केही दिनयता प्राय साम्य भएको त्यहाँको आन्दोलन आज प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानीको विषयमा सरकारले नितिगत निर्णग गर्ने भनेसंगै  आजबाट कडा भएको समाचार प्राप्त भएको छ ।

आन्दोलनका कारण अहिले धनकुटाको जनजीवन प्रभावित भएको छ भने स्थानीय यातायात,कलकारखाना, शैक्षिक संस्था र बजार ठप्प भएका छन् ।  पर्याप्त पूर्वाधार हुँदाहुँदै सरकारले धनकुटालाई प्रदेश राजधानी बनाउन आनाकानी गरिहेको भन्दै उनीहरुले चर्को रुपमा सरकार विरोधी नारा सहित चोचोकमा नारावाजी गर्दै गरेको बताईएको छ ।  यसैवीच प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउँनु पर्ने भन्दै त्यहाँपनि आन्दोलन छेडिएको छ । आन्दोलनका कारण दाङको घोराही, तुलसीपुल, लमहीलगायतका क्षेत्रमा बिहानैदेखि प्रदर्शन जारी रहेको स्थानीय जनजीवन प्रभावित भएको बुझिएको छ ।

स्मरण रहोस , संविधानको धारा २८८ को उपधारा २ मा ‘यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ’ भनिएको छ । सोही धाराको उपधारा ३ मा यसरी निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने व्यवस्था भएपनि जुन रुपमा अहिले आन्दोलन छेडिएको छ । त्यो आन्दोलनको कुनै तुक नभए पनि आन्दोलनको नाममा आन्दोलन गर्नु यसवीचमा प्राप्त सम्पूर्ण उपलब्धीलाइ नामेट गर्ने प्रयास भएको विश्लेषकहरुको राए रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।