शुक्रबार, बैशाख ७, २०८१

अनेम संघको ज्ञापन बुझ्दै प्रमुख आयुक्तले प्रतिप्रश्न सहित भने- प्रदेशसभा निर्वाचनको नतिजा कहाँ बुझाउने ?  

संवैधानिक निकाय आयोगमाथि यो वा त्यो कोणबाट अनेकन लाञ्छना लगाउने
कार्य तत्काल बन्द गर्न प्रमुख आयुक्तको आग्रह

काठमाडौं पुस १९ नेकपा एमालेका भ्रातृसंगठन अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ज्ञापनपत्रमा प्रदेशसभाको समानुपातिकतर्फको निर्वाचनको परिणाम घोषणा गरेको एक साता बितिसक्दा पनि एउटै मतपत्रमा गरिएको प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक नभएका प्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

संघले ताजा जनादेशको अवमूल्यन गर्दै जनताबाट लोकप्रिय मतका साथ जनअनुमोदन शक्तिलाई सरकारमा जानबाट रोकेर सत्ता लम्ब्याउन खोज्ने वर्तमान सरकारको अलोकतान्त्रिक चरित्रको आयोग मतियार बन्नेका काम नहोस भन्ने आशय सहित ज्ञापनपत्र प्रस्तुत गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको ध्यानाकर्षण गराएको हो ।

तर प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले ज्ञापनपत्र बुझ्दै प्रमुख प्रतिनिधिमण्डललाइ निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द आग्रह गरेका छन् ।   साथै प्रमुख आयुक्त यादवले प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ? प्रदेशप्रमुख खोइ भन्ने प्रतिप्रश्न गर्दै संविधान र कानुनसंगत रुपमा काम गर्दै आएको संस्थामाथि यो वा त्यो कोणबाट लाञ्छना लगाउनु भनेको आपत्तिजनक विषय भएको जनाउ दिनु भएको छ । साथै परिणाम घोषणाको लागि विधि र प्रक्रियाको पर्खाइमा आयोग रहेको प्रमुख  आयुक्त डा  यादवले  बताउँनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु