शुक्रबार, बैशाख ७, २०८१

ज्यापू संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोगआवश्यक: राष्ट्रपति भण्डारी

 १४औँ राष्ट्रिय ज्यापू दिवस:

काठमाडौ मंसिर १७,  १४औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको ज्यापू संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।  

त्यस्तै सम्बोधनको क्रममा उहाँले भाषा, रीतिथितिको जर्गेनामा कुनै पनि कञ्जुस्याइँ नगर्न आग्रह गर्दै कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताउँनु भएको छ । साथै उहाँले त्यस अवसरमा मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मानबाट सम्माानीत गर्नु भएको थियो ।

त्यस्तैगरि कार्यक्रममा काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै शुरु गरिसकेको बताउनुभएको थियो भने काँग्रेसका नेता तीर्थराम डंगोलले नेवार समुदाय विशेषताको सवालमा वोल्नु भएको थियो ।   

यसअघि सुरु भएको सास्कृतिक यालीको सुभारम्भ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गर्नु भएको थियो । सास्कृतिक यालीमा परम्परागत भेषभूष सहित मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीकोसमेत प्रदर्शनी गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930