शुक्रबार, बैशाख १४, २०८१

६७ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान

अर्घाखाँचीको सन्धीखर्कस्थित दुईओटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं मंसिर २१ , आज  दोस्रो चरण अन्र्तगत ४५ जिल्लामा  सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको आयोगले जनाएको छ । प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि भएको आजको निर्वाचनमा ६७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै आयोगले अर्घाखाँचीको सन्धीखर्कस्थित दुईओटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । आयोगले उक्त केन्द्रको निर्वाचन पनि छिट्टै गराउने जनाएको छ ।

त्यस्तै मतपेटिका संकलन गर्ने कार्य सुरु भइसकेको र मतपेटिकाहरु संकलन पूरा हुनासाथ मतगणना सुरु जनाउँदै दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६६३ जना उम्मेदवार र प्रदेशसभातर्फ २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जनाउ सहित  मतदानका लागि ७ हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।