मङ्लबार, बैशाख ११, २०८१

५ दलीय बैठक निष्कर्ष विहिन, प्रम देउवा–एमाले अध्यक्ष ओलीवीच भनाभन

राजपा नेपाल र संघीय समाजवादी फोरम पनि एकल संक्रमणीय व्यवस्थाको पक्षमा

काठमाडौं पुसर ७, प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन पछि पहिलोपटक राष्ट्रिय राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको सवालमा छलफल गर्न भन्दै वाम गठबन्धन र निर्वाचनबाट थ्रेसहोल्ट पार गर्दै राष्ट्रिय पार्टी बन्न सफल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम राष्ट्रिय पार्टीको संयुक्त बैठक बैठक निष्कर्ष विहिन बनेको छ ।

आजको बैठकमा सरकारले अध्यादेश जारी गर्न र त्यस अनुसार राष्ट्रियसभाको निर्वाचन गरेरमात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै गर्दा  एमाले र माओवादी केन्द्रका नेताहरुले पहिले सरकार गठनको प्रक्रिया अघ��� बढाउनुपर्ने धारणा अगाडि सार्नुको अलावा प्रमले तत्काल राजीनामा गर्नुपर्ने अभिमत अघि सारेका कारण बैठकमा कुने सहमति बन्न नसकेको हो ।

त्यस्तै बैठकमा सहभागी प्रधानमन्त्री देउवाले राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राख्दै त्यसपछि प्रधानमन्त्रीले आफू सरकार छोड्न तयार रहेको बताउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवाको भनाईमाथि प्रतिकार गर्दै आफूहरुले उक्त अध्यादेश नमान्ने चेतावनी दिएको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै बैठकमा सहभागी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरुले पनि राष्ट्रपतिले तत्काल अध्यादेश स्विकृत गर्नुपर्ने धारणा राख्दै गर्दा आफुहरुपनि एकल संक्रमणीय व्यवस्थाको पक्षमा रहेका जनाउ दिएको बुझिएको छ ।

बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी थिए भने नेपाली कांग्रेसबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ,माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए भने राष्ट्रिय जनता पार्टीबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।