बिहिबार, चैत्र १५, २०८०

१६४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक,सुनसरी ३ को मात्रै परिणाम आउन बाँकी

 काठमाडौ मंसिर २७,  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १६४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रस्तुत परिणाम सार्वजनिक हुँदै गर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाई सिटमा जित हात पारेको छ ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेले ८० स्थानमा निर्वाचित भएका छन  भने गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रले ३६ स्थानमा निर्वाचित भएको छ । अब सुनसरी ३ मा मात्रै निर्वाचन परिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच कडा टक्कर देखिएको छ ।

त्यस्तै गरि  नेपाली कांग्रेसले २२ स्थान राष्ट्रिय जनता पार्टीले ११ र संघीय समाजवादी फोरम १० स्थानमा निर्वाचित भएक छन भने राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेमकिपाका उम्मेदवार एक/ एक स्थानमा निर्वाचित   हुँदै गर्दा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।