शनिबार, बैशाख ८, २०८१

१४९ स्थानको परिणाम सार्वजनिक,एमाले सर्वाधिक स्थानमा निर्वाचित, बाम गठबन्धन ११४ सिट सहित प्रत्यक्षतर्फ दुई तिहाइ नगिच

काठमाडौं मंसिर २५ , मंसिर १० को पहिलो चरण र मंसिर २१ को दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको निर्वाचित परिणाम अनुसार १६५ प्रतिनिधि सभा  सदस्य मध्ये १४९ स्थानको परिणाम सार्वजनिक भइसकेको छ ।  अहिलेसम्म  सर्वाधिक प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेले  ७३ स्थानमा जित हात पारेको छ भने माओवादी केन्द्रले ३१ स्थान र काँग्रेसले २० स्थानमा त्यस्तैगरि संघीय फोरमले ९ स्थानमा र राजपा १० सिटमा निर्वाचित भएको छ ।

त्यस्तैगरि १ सिटमा स्वतन्त्र उम्मेदवार, राप्रपा गाइ १ नयाँशक्ति १ राजमोले १ सिटमा जित हात पारेका छन । अव बाँकी १६ स्थानको परिणाम सार्वजनिक हनु बाँकी रहेको छ । जसमध्ये एमालेलेको अझै ६ स्थानमा अग्रता रहेको छ भने माओवादी केन्द्रको ४ स्थानमा अग्रता रहेको छ । यसको अनुपातमा काँग्रेसको अग्रता भनेको १ सिटमा रहेको छ । त्यस्तै राजपा र संघीय फोरमले २/२ स्थानमा अग्रता कायम गरेको छ ।

हालसम्मको प्राप्त परिणाम र अग्रताललाइ हेर्ने हो भने बाम गठबन्धन ११४ सिट सहित प्रत्यक्षतर्फ दुई तिहाइ नगिच रहेको छ । स्मरण रहोस प्रत्यक्ष तर्फ दुइ तिहाइको लागि ११० सिट भए पुग्छ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।