शुक्रबार, बैशाख ७, २०८१

हिंसात्मक घटनाको भत्र्सना सहित गृहले भन्यो -निर्वाचनको वातावरणमा खलल पु-याउँनेलाइ कडा कारबाही

काठमाडौ मंसिर १८, मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधी सभा तथा प्रदेस सभाको दोस्रो चरणको निर्वाचनको तयारी चल्दै गर्दा आज काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदावार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुनेगरी गराइएको आपराधिक घटनाको घोर भत्सर्ना गर्दै गृह मन्त्रालयले मन्त्रालयले सबै सुरक्षा संयन्त्रलाई क्रियाशील गराइरहेको र चुनावी प्रक्रियालाइ विथोल्ने यस्ता प्रयास विरुद्ध मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै विज्ञप्तिमा भयरहित वातावरणमा उत्साहजनकरूपमा निर्वाचनमा सहभागी हुन सबैमा अनुरोध सहित सरकारले आवश्यक सुरक्षाको प्रवन्ध मिलाउनुको अलावा त्यस्ता अपराधिक मनस्थितीका व्यक्ति उपर आवश्यकता अनुरुपको बल प्रयोग गर्न अधिकार प्रत्यायोजन गरिसकेको जनाएको छ ।

साथै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष क्रियाशील रहेकाले निर्वाचन विरोधी आपराधिक हर्कत नियन्त्रण गरी शान्तिपूर्ण निर्वाचनको वातावरणमा खलल गर्नेलाइ काूनन बमोजिम कडा कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930