शनिबार, बैशाख ८, २०८१

सुपर ग्यास प्लान्टमा भीषण आगलागी, २ को मृत्यु ,आधादर्जन भन्दा बढि कामदार घाइते

आगो नियन्त्रणको लागि गएको दमकलपनि जल्यो,
दमकलका दुई कर्मचारी समेत सम्पर्कविहीन

 विरगञ्ज पुस ५ वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा आज विहानीको प्रहरमा भएको भीषण आगलागी आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ भने आधादर्जन भन्दा बढि कामदार घाइते भएको बताईएको छ ।   प्राप्त समाचारमा घाइतेहरूको स्थानीय गण्डक अस्पताल उपचारका भइरहेको उल्लेख गरिएको छ ।

आगो नियन्त्रणको प्रयास जारी रहे पनि ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएकोले प्रभावकारी बन्न नसकेको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ । त्यस्तै आगलागी नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेका कारण दमकलका दुई कर्मचारी समेत सम्पर्कविहीन भएको बताईएको छ । साथै उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेक्नुको अलावा आगलागीको कारण समेत खुल्न नसकेको बताईएको छ । अहिले व्यापकरुपमा घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जनाईएको छ

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।