शुक्रबार, चैत्र १६, २०८०

ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा, आगलागीका कारण छानबिनका लागि समिति गठन

काठमाडौ पुस ५,  विरगञ्जस्थित सुपर ग्यास उद्योगमा बुधबार बिहान लागेको ९ घन्टापछि आगो नियन्त्रणमा आएको छ । चालकले गाडी स्टार्ट गर्नेक्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गइ उक्त दुर्घटना भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।  आगलागीमा परि घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले स्थानीय प्रहरीलाइ उदेत गर्दै प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।

यसैवीच आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेस गर्न एलपी ग्यास उद्योग संघले आजै शिवकुमार घिमिरेको संयोजकत्वमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेको पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।