शनिबार, बैशाख ८, २०८१

सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी ,सुरक्षाकर्मी बेखबर

काठमाडौ पुस ३, राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर रहे । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय विकास तथा कृषि सडक विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनको बा२झ २९२७ नम्बरको टोयोटा हाइलक्स गाडीको चारवटै चक्का चोरिएको हो ।

प्रहरीले टायर चोरीमा संलग्न मन्त्रालयकै वित्तीय सुधार आयोगको बा२झ १२१७ नम्बरका सवारी चालक चन्द्रबहादुर मोक्तान र महोत्तरी बर्दिबास घर भइ काठमाडौं बस्ने जगतबहादुर मगरलाई पक्राउ गरेको छ ।  चक्का चोरिएको गाडीका चालक श्रीकृष्ण श्रेष्ठले शुक्रबार पार्किङ गरेको गाडीका चक्का चोरिएको थाहा पाएपछि आइतबार प्रहरीमा खबर गरे । प्रहरीले चोरिएको टायर ललितपुरको युएलपार्क नजिकै बाराही टायर सर्भिस सेन्टरबाट बरामद गरेको छ । मोक्तान र मगरले टायर चोरेर त्यहाँ पुर्‍याएका थिए ।  अन्नपूर्ण पोस्ट दैनिकबाट

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।