शुक्रबार, चैत्र १६, २०८०

सामुदायिक स्वास्थ्य सेवा परिषदको अध्यक्षमा श्रेष्ठ

काठमाडौं पुस २, सामुदायिक स्वास्थ्य सेवा परिषदको १४ औं साधारण सभा एक कार्यक्रमकावीच सम्पन्न भएको छ।  प्रतिनिधि सभाका नवनिर्वाचित सांसद जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न । उक्त साधारण सभामा महासचिव मुकुन्द प्रसाद पाण्डेले संस्थाको वार्षिक प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दयामान शाहीले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै प्रस्तुत साधारणसभाले आगामी २ वर्षका लागि हरिगोपाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिको समेत चयन गरेको छ ।
नवनिर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः राजेन्द्र वहादुर तुलाधर, मुकुन्द प्रसाद पाण्डे, दयामान शाही, प्रकाशकुमार श्रेष्ठ रहनु भएको छ भने सदस्यहरुमा कमला कार्की, केशर वहादुर मानन्धर, दीपकचन्द्र गौतम, विष्णुप्यारी श्रेष्ठ, रचना लामा, रवि रञ्जित, डा।सुमित्रा मानन्धर, हिराकाजी महर्जन रहनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।