बिहिबार, बैशाख १३, २०८१

सहभागिताले दिगो विकास र न्यायोचित सुविधा : मेयर शाक्य

  २३ औं महानगरदिवस :  

काठमाडौं मंसिर २९ , नागरिक सहभागिताले दिगो विकास र सुविधा वितरण न्याय हुने भएकोले महानगरको समृद्धिमा महानगरबासीले अपनत्व बोध गर्न आग्रह गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्राप्त उपलब्धीको रक्षा र पूरा गर्नु कामको निरन्तरतामा आफू प्रतिवद्ध रहेको बताउनु भएको छ । शुक्रबार २३ औं महानगर दिवसका अवसरमा आयोजना गरिएको समारोहमा सम्बोधन गर्दै मेयर शाक्यले काठमाडौं महानगरसँगै उपत्यकाको जीवन्तताकालागि आफूले नेतृत्व गर्ने बताउनु भएको हो   ।

  त्यस्तै  कार्यक्रममा    महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले  साझा समस्या मिलेर समाधान गर्न सके दिगो हुने धारणा राख्नुभयो । रचनात्मक काम र साझा मत निर्माण, महानगरको समृद्धिका आधार हुन्, उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।  साविकका स्थानीय निकाय अव सरकार भएका छन्, निर्वाचित जनप्रतिनिधिको अभाव पूरा भएको छ, त्यसैले सहरी व्यवस्थापनमा नयाँ आयाम तयार भएको छ । यसलाई उपयोग गर्नुपर्छ — समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले बताउनु भएको थियो ।

समारोहमा बर्षको उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैंङ्क र व्यक्तिगततर्फ वडा नंं २ की शुशिलादेवी बस्नेतलाई सम्मानित गरियो । त्यस्तै विद्युतीय नक्सा पास प्रणालीमा ५ जना डिजाइनरहरुलाई एविपिएस् — इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टमको डिजिटल साँचो हस्तान्तरण गरियो । यसरी साँचो पाउनेहरुमा क्रिएटिभ डिजाइन आर्किटेक्ट लिमिटेड, केज कन्सल्ट, सस्टेनेवल स्ट्रक्चर, एटिक कन्सल्टिङ् सर्भिस र सापकोटा एण्ड सन्स रहेका छन् ।  सोही अवसरमा महानगरमा २० बर्षभन्दा बढी सेवा गर्ने ५ जना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो । यसरी पदक पाउनेहरुमा अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउद हुनुहुन्छ ।

समारोह शुरु हुनुअघि नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आव्हान गर्दै बसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरीहुँदै राष्ट्रिय सभागृहसम्म ¥याली निकालिएको थियो । झाँकीसहितको सो -यालीमा महहानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारी तथा महानगरका शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।