बिहिबार, चैत्र १५, २०८०

सरकार निर्माणको लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाइ वाम शिर्ष नेतृत्वको आग्रह

शिर्ष नेताद्दय भने संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत

 काठमाडौं पुस २ , वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।  आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर वाम गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई यस्तो आग्रह गरेको हो ।  पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले निर्वाचनमा ठूलो जित हासिल गरिसकेको अवस्थामा नयाँ सरकार गठनलगायतका विषयमा सहयोगीको भूमिका खेल्न सुझाव दिदै 

सरकार काम चलाऊ बनिसकेकाले सानातिना नियुक्ति गर्ने र राष्ट्रिय सभा गठनको बखेडा झिकेर समय लम्ब्याउने काम नगर्न समेत सुझाव दिएका छन ।  त्यस्तै शिर्ष नेताद्दयले संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनी जिद्दी गर्नु संविधान विपरीत भएको टिप्पणी गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन स्वीकारेर अघि बढ्न र संविधानले व्यवस्था गरेका प्रणालीहरु आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदै एकल संक्रमणीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन गर्नु संविधान विपरित हुने धारणा अभिव्यक्त गर्नु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।