शुक्रबार, चैत्र १६, २०८०

सरकारले जनादेशविपरीत गरेको नियुक्ति मान्य नहुने एमाले महासचिवको जनाउ

 काठमाडौ मंसिर २५ ,नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलगत्तै वर्तमान सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको र गर्न लागेको भन्दै सरकाको प्रस्तुत रवैयाको विरोध गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले आज जारी विज्ञप्तिमा सरकारले सोमबार गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गर्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाईसमेत संलग्न नहुन सचेत गराएका छन् ।

साथै सरकारले जनादेशविपरीत गरेको नियुक्ति आफुहरुलाइ मान्य नभएको जनाउ सहित विज्ञप्तिमा भनिएको छ–‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।