शुक्रबार, बैशाख १४, २०८१

समानुपातिक बन्द सूचीका नाम किमार्थ तलमाथि गर्न पाइदैन :प्रमुख निर्वाचन आयुक्त यादव

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फका विजयी उम्मेद्धवार रेशम चौधरीको

प्रमाणपत्र आयोगले संसद सचिवालयमा बुझाउने

काठमाडौं मङ्सिर २७ , प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले समानुपातिकमा बन्द सुचिका नामलाई तलमाथि गर्न नपाईने स्पष्ट पार्दै दलहरुले समानुपातिक तर्फको बन्द सूचीमा राखेका उम्मेद्धवारका नामहरुलाई नै क्रमशः अनुसार नै राख्नुपर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले भने दलहरुले आयोगमा बुझाएको बन्द सुची अनुसार नै क्रमशः पहिलो, दोस्रो र तेस्रोको क्रममा रहेका नामहरुलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड रहेको थियो ।

त्यस्तै प्रमुख आयुक्त यादवले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भैसकेको र अब दुई दिनभित्रै समानुपातिकतर्फको पनि सम्पूर्ण मतपरिणाम सार्वजनिक हुने जनाउ दिै आयोगले भनेकै समयमा मतपरिणाम सार्वजनिक भएको दावी गर्नु भएको छ ।
सम्बोधनको क्रममा उहाँले सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताउँदै नागरिक समाज, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यवेक्षक सघंरसंस्थाहरु, राजनीतिक दल, उम्मेद्धवार, दलका भातृसंगठन, सुरक्षा निकाय, नेपाल सरकार र आम मतदाता र मिडियोका मूभिकाको चर्चा गर्दै सबैमा धन्यवाद समेत दिनुभएको छ ।  साथै कानुनमा उम्मेद्धवारी दिँदा वारेश नामाबाट दिन पाउने व्यवस्था भएको उल्लेख गर्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फका विजयी उम्मेद्धवार रेशम चौधरीको प्रमाणपत्र आयोगले संसद सचिवालयमा बुझाउने समेत उहाँले बताए ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।