बिहिबार, चैत्र १५, २०८०

समानुपातिक तर्फ कसको मत कति ?

 काठमाडौं मंसिर २५ , गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तिव्र रुपमा अघि बढाएको छ ।

आयोगले अहिलेसम्म गरेको समानुपातिकतर्फका मतगणना अनुसार नेकपा एमालेले सबैभन्दा बढी मत ३,१५,५९५ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३,११,५६६ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १,५०,०८०, राष्ट्रिय जनता पार्टीले २२,२२६, विवेकशील साझा पार्टीले १५,०८८, संघीय समाजवादी फोरमले १३,१३० र राप्रपाले १२,९७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।