शुक्रबार, बैशाख १४, २०८१

समानुपातिकतर्फ एमाले र काँग्रेसको मतान्तर ४८ हजार १८७

समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरमले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना

काठमाडौ पुस २, मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा नेकपा एमालेले ३१ लाख ६१हजार ४२८ मत प्राप्त गरेको छ भने आज विहान ११ बजेसम्ममा नेपाली काँग्रेस ३१ लाख १३ हजार २४१ मत प्राप्त गरेको छ त्यस्तै , माओवादी केन्द्रले १२ लाख ९६ हजार २४९ मत प्राप्त गरेको जनाएको छ । यसवीचमा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा काँग्रेसको ४८ हजार १ ८७ मतको अन्तर रहेका आयोगले जनाएको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार१ ९७ र संघीय समाजवादी फोरमले नेपाल चार लाख ६९ हजार ९५५ मत प्राप्त गर्न सफल भएको छ ।  त्यस्तैगरि विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १९७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको जनाएको छ ।

यसैवीच दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।