शुक्रबार, बैशाख ७, २०८१

समानुपातिकतर्फको मतगणना सकियो, अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी

काठमाडौ पुस २,  गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । यद्यपी अन्तिम परिणाम भने सार्वजनिक भइनसकेको आयोगद्दारा जारी विज्ञप्तिमा उललेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ९५ लाख ४४ हजार ६४१ मत सदर भएको त्यसमध्ये   एमालेले ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने माओवादी केन्द्रले १३ लाख तीन हजार ७२१ मत ल्याएर तेस्रो पार्टी भएको छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ र विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६६ मत प्राप्त गरेका छन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टी  प्रजातान्त्रिकले  ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपालले  ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेको जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930