शुक्रबार, चैत्र १६, २०८०

 सनराइजको लुभु शाखा स्थानान्तरित

काठमाडौं पुष १६, सनराइज बैंक लिमिटेडको ललितपुर महालक्ष्मी न.पा. वडा नं. ८ स्थित लुभु शाखालाई (साविकको स्थानबाट करिव ४५० मि।को दुरी) मा स्थानान्तरण गरेकोे छ ।   आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर  रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक   ओम कृष्ण जोशीले बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य लगाएत उच्च पदाधिकारीको उपस्थितमा संयुक्त रुपमा स्थानान्तरित लुभु शाखाको शुभारम्भ गर्नु भएको बैक द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु-याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरणगरेसंगै गरेको हो । शाखाबाट ग्राहकलाई लकर (Safe Deposit Locker)  सेवा समेत उपलब्ध गराइएको छ । हाल सनराइज  बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ९० वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।