बिहिबार, चैत्र १५, २०८०

संविधानको कार्यान्वयनको लागि संसदमा माधब नेपाल जस्ता अग्ला नेताको खाँचो छ :अध्यक्ष ढकाल

काठमाडौं मंसिर १५, पूर्वप्रधानमन्त्री तथा काठमाडौँ निर्बाचन क्षेत्र नम्बर २ का वाम गठबन्धनको तर्फवाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार माधब कुमार नेपाललाई परिवार दलका अध्यक्ष एकनाथ ढकालले साथ दिएका छ ।   नेता नेपालको निर्बाचन क्षेत्रमा आयोजित आम सभालाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले पूर्व प्रधानमन्त्री नेपाल सिंगो देशको राजनेता एवम् क्षमतावान, राष्ट्र र जनताप्रति निष्टावान तथा विकास प्रेमी नेता भएका कारण काठमाडौँ २ नम्बर क्षेत्रका सबै नागरिकले उहाँलाइ मतदान गर्ने विस्वास व्यक्त गर्नु भएको छ ।


पूर्व मन्त्री समेत रहेका अध्यक्ष ढकालले वाम गठबन्धनले चुनाब जित्न अरुलाई गाली गर्नु पर्दैन भन्दै जनताको ताली वाट चुनाब जित्ने निश्चित भैसकेको जिकिर गर्दै वाम गठबन्धनको पक्षमा देखिएको जनलहरले लुटतन्त्र मच्चाउनेहरुको मनमा भुइचालो गएको र स्वाभिमानी जनतामा खुशियाली छाएको बताए ।  साथै उहाँले सम्बोधनको क्रममा मुलुकमा संबिधान निर्माण भैसकेको अबस्थामा यसको सफल कार्यान्वयनको लागि संसदमा माधब नेपाल जस्ता अग्ला नेताहरुको खाँचो रहेको भन्दै ढकालले भने २ नम्बर क्षेत्रका जनताले आफ्ना समस्याहरु अव पूर्व प्रधानमन्त्रीको जिम्मा लगाउन पाउनु गौरबको बिषय भएको बताउँनु भएको छ । साथै उहाँले

 सबैलाई मिलाएर अघि लैजान सक्ने खुबी भएका नेता माधब नेपालले चुनाब जित्दा कुनै एक पार्टीको मात्र जित नभई सम्पूर्ण देशको जित हुने हुने जनाउ दिदै बाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले मुलुकमा स्थायित्व र आर्थिक संमृद्धि ल्याउने दावी प्रस्तुत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।