बिहिबार, बैशाख १३, २०८१

शेर्पा कलाकार संघ गठन

काठमाडौ पुस ३ , शेर्पा समुदायका कलाकारहरुलाइ एकजुट गर्ने उदेश्यले शेर्पा कलाकार संघ गठन गरिएको छ । विश्व विख्यात शेर्पा समुदाय अहिले राष्ट्रिय रुपमा हरेक क्षेत्रमा , आफ्नो प्रभुत्व जमाउदै गएका छन । शेर्पा समुदाय हिमाल चड्नमा मात्र नभएर कला सस्कृतिमा पनि धनि छन । शेर्पाको आफ्नै कला सस्कृति छ, आफ्नो कला सस्कृतिका कारण नेपाली चलचित्र देखि गित संगीत, नृत्य क्षेत्रमा अब्बल बन्दै मुलुक भित्र मात्र नभएर बिदेशमा समेत प्रख्यात बन्दै गएका छन।

समग्र शेर्पा समुदाय भित्र रहेका कलाकारलाई एकजुट बनाउयँदै उनिहरुको हकहितको लागि शेर्पा कलाकार संघ गठन गरिएको छ । डिजे ङवाङ शेर्पाको अधक्ष्यतामा गठन भएको शेर्पा कलाकार संघमा एपी शेर्पा बरिष्ट उपाध्यक्ष आङ कामि शेर्पा उपाध्यक्ष, ल्हमु शेर्पा उपाध्यक्ष, गायक दोर्जी लामा महासचिब, दावा के शेर्पा सचिब, जाङमु शेर्पा कोषाधक्ष्य, ओङमु शेर्पा सहकोषाध्यक्ष तथा शेर्पा कलाकार संघको प्रबक्तामा कर्मा शेर्पा रहेका छन् ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।