बिहिबार, बैशाख १३, २०८१

वाम गठबन्धनका शिर्ष नेतृत्व ओली र प्रचण्डवीच अर्थपूर्ण छलफल

  • एमाले अध्यक्ष ओलीले आजको छलफलमा मजाक भन्दै प्रचण्डलाइ  गरे राष्ट्रपतिको प्रस्ताव
  • एमालेका महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलका नेता एउटै नेता हुनुपर्ने बताएपछि वाम राजनैतिक वृत एकाएक तरङगीत
  •  दुवै दलका कार्यकर्तालाई एकताबिरोधी गतिबिधिमा नलाग्न निर्देशन दिने सहमति

काठमाडौं मंसिर २९, वाम गठबन्धनका दुई घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच आज दिउँसो विशेष एवम् महत्वपूर्ण छलफल भएको छ । यि दुइ नेतावीचको छलफल मुलत सरकार निर्माणदेखि दुई पार्टी एकतासम्मको विषयमा केन्द्रीत रहेको दावी गरिएको छ ।   यद्यपी वाम गठबन्धनका दुई शीर्ष नेतामध्ये ओली नयाँ सरकारको प्रधानमन्त्री हुने करिब पक्का पक्की छ । तर, पार्टी एकतापछि प्रचण्डसहितका नेताहरूको भूमिकाबारे अझै टुंगो नलागिसकेको अवस्थामा दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्णरूपमा लिइएको छ ।

त्यस्तै पार्टी एकताका लागि पार्टीगत आन्तरिक व्यवस्थामा कुनै निचोड निकाल्न नसकेका शिर्ष नेतृत्वले पार्टीगत व्यवस्थापनको सवालमा दुवै दलका शीर्ष नेताले यसै गरौ भनेर भन्न नसकेको अवस्थाकावीच विहिवार एमालेका महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलका नेता एउटै नेता हुनुपर्ने बताएपछि वाम राजनैतिक वृत एकाएक तरङगीत भएका छन् ।

समाचार सूत्रका अनुसार यसवीचमा एमालेले राष्ट्रपतिमा प्रचण्डलाई थन्क्याउने र सरकार र पार्टीको नेतृत्व ओलीलाई दिने आन्तरिक गृहकार्य
थालेको बताएका छन । यसैको प्रथम अध्याय अनुरुप एमाले अध्यक्ष ओलीले आजको छलफलमा मजाक भन्दै प्रचण्डलाइ राष्ट्रपतिको प्रस्ताव गर्दा प्रचण्डले कुनै प्रतिक्रिया नदिएको दावी गरेका छन ।  त्यस्तै भेटवार्ता पछि वार्ताका क्रममा दुवै नेताले पार्टी एकीकरणमा अवरोध आउन नदिने भन्दै दुवै दलका कार्यकर्तालाई एकताबिरोधी गतिबिधिमा नलाग्न निर्देशन दिने सहमति समेत गरेको बताईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।