बिहिबार, बैशाख ६, २०८१

वनेपामा मतदानको लागि लाइनमा बस्दा बस्दै कर्माचार्यको निधन

काठमाडौं मंसिर २१ , आज मंसिर २१ अर्थात प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत विहान ७ बजे देखि प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको लागि  मतदान सुरु भएको छ ।

तर आगामी ५ वर्षकालागि आफ्ना प्रतिनिधी चुन्ने क्रममा हौसिएका एक  वनेपा नगरपालिका काभ्रेपलाञ्चोक ४ का मतदाता न १२७३७६४५ न रहेका मतदाता कृष्ण कर्माचार्यको मतदानका लागि लाइनमा बस्दा बस्दै मतदान गर्ने धोको समेत पूरा गर्न नपाइ निधन भएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान पैक्रियामा भाग दिन लाइनमा बस्दा बस्दै करिव आधा घण्टाको समय पछि अर्थात मतदान स्थलमा पुग्दा पुग्दै गर्दाका अवस्थामा उहाँको निधन भएको बनेपा स्थित हाम्रा सहकर्मी जेएन श्रेष्ठले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।