शुक्रबार, बैशाख ७, २०८१

लोकतन्त्रमा साम्यवाद अट्छ तर साम्यवादमा लोकतन्त्रको कुनै गुन्जायस हुन सक्दैन : राज्यलक्ष्मी श्रेष्ठ

-काठमाडौ क्षेत्र न. ८ बाट प्रदेशसभा  सदस्य (१) उम्मेदवार नेपाली काँग्रेस 

राज्यलक्ष्मी श्रेष्ठ आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्र्तगत काठमाडौं काँग्रेस क्षेत्र न. ८ अन्र्तगत प्रदेस सभा १ का सदस्यका उम्मेदवार हुनुहन्छ । विगत २ दशक देखि अनवरतरुपमा समाजिक सेवाको क्षेत्रमा सक्रिय रहेकै कारण दोस्रो संविधानसभाको निर्वाचन मार्फत तत्कालीन व्यवस्थापिका संसदमा समापातिक सभासद समेत रहेकी नेतृ श्रेष्ठले मुलुकमा २०७२ आश्विन ३ गते जारी मुलुकको संविधान निर्माणको लागि समेत आफुलाइ प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुको अलावा सांसद विकास कोष मार्फत प्राप्त बजेटबाट आफ्नो निर्वाचन क्षेत्रको भौतिक विकासका साथै महाभूकम्पबाट क्षतिग्रस्त हनुमानढोका दरवार क्षेत्रमा रहेका श्रीकृष्ण मन्दिरको पुर्ननिर्माणका लागि विभिन्न रचनात्मक काम गर्दै आउनु भएको छ ।

त्यस्तै करिव ५१ हजार मतदाता एवम् नेवार समुदायको बढी घनत्व रहेका निर्वाचन क्षेत्र न. ८ को प्रदेससभा १ मा काठमाडौं महानगरपालिकाको वडा न १३, १९, २०, २३ र २४ रहेको छ । जहाँ विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार, जीवितदेवी कुमारी सहित परम्परागत गुठिगानाले भरिपूर्ण रहेको बताउँदै यसको संरक्षणका लागि आफू क्रियाशील रहने प्रतिवद्धता अभिव्यक्त गर्दै  नेतृ श्रेष्ठले मुलभूत ५ सूत्रीय एजेन्दा क्रमस महिला र युवा स्वालम्वनका लागि लघु उद्यमशिलता अन्र्तगत स्थानीय क्षेत्रका महिला तथा युवालाइ स्वउद्यममा लगाउन विशेष योजनाको कार्यान्वयन त्यस्तै क्षेत्र विकासको अवधारणा अन्र्तगत स्थानीय जनताले भोग्नु परेको भौतिक पूर्वाधार र खानेपानीको समस्याको समाधानको लागि दिर्घकालिन योजना कार्यान्वयन गर्ने, त्यस्तै यहाँको सांस्कृतिक घरोहर र सम्पदाको संरक्षण तथा प्रवद्र्धनको अलावा विपद व्यवस्थापनको लागि खुला क्षेत्रको पहिचान सहित आवश्यक कार्ययोजनाको तर्जुमा गर्ने र सडक वत्तीको विस्तारसंगै अव्यवस्थित बिजुलीतारको व्यवस्थापन गर्दै उटकृष्ट क्षेत्र बनाउँने सोच सहित चुनावी मैदानमा होमिनु भएको छ ।

यसैक्रममा  लोकतन्त्रमा साम्यवाद अट्छ तर साम्यवादमा लोकतन्त्रको कुनै गुन्जायस हुन नसक्ने धारणा अभिव्यक्त गर्ने नेतृ श्रेष्ठसंग उहाँका चुनावी मुद्धा लगायतका सवालमा केन्द्रीत रहेर यस कान्तिपुर हटलाइनको स्थायी स्तम्भ समसामायिक वार्ताको लागि गरिएको विस्तृत संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930