शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रियसभा गठनका लागि राजनीतिक समाधान खोज्नुपर्ने माओवादी बैठकको निष्कर्ष

  काठमाडौ पुस ३ , नेकपा माओवादी केन्द्रको आजबाट पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रियसभा गठन सम्बन्धमा अनावश्यक विवाद निकालिएको भन्दै त्यसको राजनीतिक समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले संविधानमा व्यवस्था भएअनुसार , राष्ट्रियसभा गठन हुनुपर्नेमा जोड दिनुको अलावा जनादेशको सम्मान गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

बैठक पछि पार्टी प्रवक्ता प्रवक्ता पम्फा भुसालले आजको बैठकले राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय भएकोले सशर्ष तहमा छलफल पछि यसलाइ समाधान गर्नुपर्ने नितिगत निर्ण सहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट
गरेको जानकारी दिनु भएको छ।

त्यस्तै उहाँले जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेकाले अब पार्टी एकता कसैले रोकेर नरोकिने जनाउ दिदै समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशतभन्दा बढी स्थानमा पार्टीको उम्मेदवार नहुनु प्रमुख कारक रहेको बैठकको निष्कर्ष रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।