शुक्रबार, चैत्र १६, २०८०

यु.एस.सी.आइ.आर.एफ.को प्रतिवेदनप्रति महासंघको गम्भीर ध्यानाकर्षण,तमाम हिन्दूको आस्थामाथि आधात पुगेको ठहर

 काठमाडौं मंसिर २० , विश्वहिन्दू महासंघ अन्र्तराष्ट्रियले मंगवलार एक विज्ञप्ति जारी गर्दै अन्र्तराष्ट्रिय धार्मिक स्वतन्त्रा आयोग यु. एस. सी .आइ. आर.एफ. द्दारा जारी प्रतिवेदन प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष जनरल भरतकेशर सिंहद्दारा जारी उक्त विज्ञप्त्मिा आयोगद्दारा जारी प्रतिवेदनमा नेपालको राष्ट्रिय जनावर एवम् तमाम हिन्दूको आस्थाको प्रतिविम्व गौमाताको काटमार गर्दै यसको मासु वेचविखन सहित उपभोग गर्नु पाउनु पर्ने भन्दै सार्वजनिक गरिएको अभिव्यक्तिले नेपाल र नेपाल मात्र नभइ विश्वभरि छरिएर रहेका आम हिन्दूहरुको भावनामाथि आधात पुगेको ठहर गरिएको छ ।

साथै प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको भनिएको सुन्दैमा पनि घोर आपत्तिजनक तथा संवेदनशिलमात्र नभइ सामाजिक र दुइ देश वीचको धार्मिक सद्भाव सहिष्णुतामामाथि समेत खलल पुग्ने भएका कारण दुइ देशको सम्ब्नमा आँच पुग्ने यस्ता अभिव्यक्ति नदिन आयोगलाइ आग्रह गरिएको छ । साथै नेपाल र नेपालको धार्मिक् सवालमा जोडिएको प्रस्तुत विषयको पुष्टिका लागि सयुक्त अमेरिकाका महामहिम राजदुतसमेतलाइ   महासंघले पत्राचार गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।