शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ युरोपियन च्याम्पियन्स लिग फुटबलको खेल तालिका

 काठमाडौ मंसिर २६,  युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ ।  सोमबार निकालिएको खेल तालिकाअनुसार शिर्ष क्लवहरु रियाल मड्रिड र पेरिस सेन्ट जर्मेन तथा बार्सिलोना र चेल्सी आमने सामने हुँदैछन् ।  त्यस्तै ईटालीको युभेन्टसले इङ्गल्याण्डको टोटनह्याम हट्सपरसँग खेल्दा अर्को इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको सेभियालाई प्रतिद्धन्दी पाएको छ ।

इङ्गलिस प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले भने तुलनात्मक रुपमा कमजोर मानिएको स्विस क्लव एफ।सी बाजलसँग खेल्नेछ । ५ पटकको युरोपियन च्याम्पियन लिभरपुलले पोर्चुगलको एफ्।सी पोर्टोसंग खेल्दा पाँच पटककै पुर्व विजेता जर्मन क्लव बायर्न म्युनिखले टर्कीस क्लव बेकिस्तासको चुनौती झेल्नेछ । ईटालीको ए।एस रोमाले युक्रेनको शख्तर दोनेस्कसँग खेल्नेछ । नक आउट चरणका पहिलो लेगका खेलहरु फागुन १ र २ गते हुने  भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।