बिहिबार, बैशाख १३, २०८१

मेलम्ची आयोजनाको कार्यप्रगति सहित पदाधिकारीलाई तोकिएको दायित्व र जिम्मेवारी समयमै निर्वाह गर्नअख्तियारको निर्देशन

काठमाडौ पुस ४ , अख्तियार दुरुपयोग अनुसन्धान उपत्यकावासीमा मेलम्चीको पानी कहिले आउछ र धुवा– धूलोबाट कहिले मुक्त होइन्छ भन्ने चासो बढ्दै गएकाले आयोगले मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउँदा खनिएका सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले यसतर्फ विशेष ध्यान दिन सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ ।  सम्वन्धित निकायले व्यवस्थापन गर्न नसक्दा उपत्यकामा बढ्दै गरेको खानेपानीको अभाव र धुवा– धूलोले पारेको नकरात्मक प्रभावकाबाट उपत्यकामा धेरै मानिस विरामी भइरहेको तर्फ सचेत गराउदै प्रमुख आयुक्त बस्न्यातले यसबाट मुक्त गराउन सवैले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी इमान्दारीपूर्वक समयमै निर्वाह गर्न सम्बन्धित आयोजनाका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिनु भएको हो ।

छलफलको क्रममा आयुक्त नवीनकुमार घिमिरेले मेलम्ची खानेपानी आयोजनाले जुन गतिमा काम गर्नुपर्ने हो त्यस अनुरुप नभएको उल्लेख गर्दै जनताको चासोको विषयलाई छिटो समाधान गर्न सम्वन्धित निकायसँग आग्रह गर्नुभएको थियो भने  अर्का आयुक्त डा गणेशराज जोशीले राष्ट्रिय गौरवका आयोजना भन्ने तर काम चाँही ढिलो गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्दछ भन्दै जिम्मेवारी बोधका साथ काम गर्न सरोकारवालाहरुसँग आग्रह गर्नुर्भको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।   त्यस्तै विज्ञप्तिमा आयोगका अर्का आयुक्त डा सावित्री थापा गुरुङ् आयोगका सचिव राजन खनालले मेलम्ची खानेपानी आयोजना कार्यमा देखिएका कमजोरीलाई सुधार गरेर काठमाडौंको आवश्यकता पूरा गर्नसक्ने गरी आयोजनाको काम सम्पन्न गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

  त्यस्तै मेलम्ची खानेपानी विकास आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सोही आयोजनाका परियोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले यस आयोजनाले हालसम्म गरेका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बी सीले आयोजनाको समग्र प्रगतिबारे जानकारी गराउनु भएको थियो । त्यसैगरी सडकको अवस्थाको बारेमा मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख शिवहरि सापकोटाले उपत्यकाको सडक अवस्थाको बारेमा जानकारी गराउनु भएको उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।