शुक्रबार, चैत्र १६, २०८०

मेरो पनि भन्नु छ…..

-समिता खडगी श्रेष्ठ-

काठमाडौ पुस ४ ,  नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने निश्चित भएको छ । झुठा नारा र खोक्रा आश्वासन वाड्न माहिर बामगठबन्धन असफल हुनसक्ने कारण धेरै छन । विश्वमा असफल भैसकेको सिद्धान्त बोकेको गठवन्धनले चुनाव जितेको विश्वसमुदायलाई आभास भएको छ । मुलुकको लागि काँग्रेसको कुनै विकल्प छैन । त्यसैले मार्कसवाद भनेको असफल आर्थिक राजनीतिक सिद्धान्त हो भन्ने शास्वत यथार्थतालाइ मनन गर्दै अवका दिनमा काँग्रेसका कायकर्ताले कर्म गर्न सुरु गरे हुन्छ ।  हालै सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उमेदवार भएर स्थानीय र दुरदराजका जनतासंग गरेको अन्तरक्रियाको आधारमा मेरो आफनो पार्टी नेपाली काँग्रेसलाइ केहि सुझाव दिने जमर्को गरेकी छु ।

(क) काँग्रेसको सगठनात्मक संरचनामा मतदाताको पहुँच :   स्थानीय जनतालाई आवश्यक परेको बेला भुर्इतहका कार्यकर्ता मार्फत सेवा प्रदान गर्न नेपाली कांगेसले उपाय गनर्पर्छ । यसको लागि बडा एकाई अन्तर्गत काँग्रेस सेवा कार्यालय खोलेर स्थानिय कार्यकर्तालाई जिम्मा दिनुपर्छ । यसबाट कार्यकर्ता र जनतावीचको सम्बन्ध मजवुत हुनुको साथै कार्यकर्ता वृतमा समेत पार्टीले काम गर्ने अवसर दिएको अनुभूति हुन्छ । यसअलावा कांगेसलाई मतदिन चाहने तर विभिन्न कारणले मत हाल्न नजाने मतदाताको संख्या घटेर काँग्रेसलाई आगामी चुनावमा    फाइदा हुनेछ ।

(ख) कसलाई कुनवेला कसमार्फत कस्तो खाले सेवा दिने ? :  स्थानिय जनतालाई सेवा दिने । कुनवेला ?  जुनबेला स्थानिय जनताले स्थानिय काँग्रेस कार्यकर्ताको सहयोगको आवश्यकता ठान्छन त्यतिबेला स्थानिय  काँग्रेस सेवा कार्यालय मार्फत कानुनी र नैतिक दायरामा रहेर, स्थानिय झैझगडाबाट टाढाहेर, विविध सेवा प्रवाह  गर्न सकिन्छ । उदाहरणको लागि शहरी क्षेत्रमा वसोवास गर्ने नेवार समुदाय अझै पनि पुलिसको सेवा लिन वा प्रहरी कार्यालयमा वा अदालती उपचारको लागि  जान डर वा हिच्किचाहत अनुभूत  गर्छन ।  यस्तो वेलामा उनिहरुलाइ  सहजकर्ताको रुपमा आवश्यक सहयोग गर्न सकिन्छ । समग्रमा भन्नु पर्दा शिक्षा , स्वास्थ, प्रशासनीक आदि काममा स्थानिय जनतालाई सहयोग गर्नपर्छ ।  त्यस्तै आर्थिक सम्बृद्धिको लागि उपयोगी ज्ञान र सीप बृद्धि हुने तालिम गोष्ठी आदिको सञ्चालन गरेर उनिहरुका परिवार एवम कांगेस कार्यकर्तावीच नियमित सम्पर्क वढाउने वातावरणको निर्माण गर्नु आवश्यक रहेको  छ ।   

(ग)   कार्यकर्ताको समय र आर्थिक व्यवस्थापन:  घरपरिवारको आवश्यकतालाई वेवास्ता गरेर कोही पनि आदर्श कार्यकर्ता बन्न सक्दैन । आदर्श कार्यकर्ता बन्न समय, आर्थिक सोत, र सकारात्मक सोचको आवश्यकता पर्छ । यी मध्ये सकारात्मक सोच र समय व्यवस्थापनको लागि तालिम गोष्ठी मार्फत कार्यकर्तालाई शिक्षित पार्न सकिन्छ तर आर्थिक व्यवस्थापन महत्वपर्ण तर पेचिलो (कम्प्लेक्स) विषय हो । यसका लागि संभव भएसम्म कार्यकर्तालाई आर्थिक उपार्जनको मार्ग पहिल्याउँन सहयोग गर्नु पर्छ । ‘सिजनल’, ‘पोजेक्ट’मा आधारित आर्थिक कियाकलापमा लाग्न चाहिने शीप ज्ञान आदि दिएर कार्यकर्तालाई पारिवारिक आर्थिक व्यवस्थापनमा सहयोग गर्ने विकल्प वारे सोच्नुपर्छ ।  यस अलावा वैकल्पिक आर्थिक सोतभएको परिवारबाट आएका कार्यकर्तालाई बढि जिम्मा दिने ,आफ्नो पेशामा सेवानिवृत भएका कार्यकर्तालाई बढि जिम्मेवार बनाउने उपाय अपनाउन सकिन्छ ।

(घ)  दक्ष एवम् प्रतिवद्ध कार्यकर्ता उत्पादन: आदर्श कार्यकर्ताले काँग्रेसको देशविकास र आर्थिक सम्बृद्धि, जनताको  सामाजिक,सांस्कृतिक विकासको मिसन बुझेका ह’न्छ । ती मिसन पाप्तिका लागि यसले अंगालेका सिद्धान्त नीति योजनाआदि पति पतिवद्ध ह’न्छ । त्यसको लागि पार्टिको तर्फबाट कार्यकर्तालाई शिक्षित वनाउने उपाय अवलम्वन  गर्नुपर्छ ताकि आवश्यकता पर्दा कार्यकर्ताले काँगेसको पक्षमा  सक्षमता पूर्वक जनआधार तयार पार्न  सकोस । यसको लागि निम्न काम गर्नुपर्छ ।

  •  स्वअध्ययनको लागि कार्यकर्तालाई प्रोत्साहन गर्ने

  •  राजनीति , पर्वाधार विकास , समाज विकास र मानवअधिकार सम्वन्धि न्यनतम शब्द र अवधारणा समावेश गरेर पाठयक्रम तयार गरने र कार्यकार्ता शिक्षा सञ्चालन गर्ने ।

  •   कार्यकर्तालाई सकारात्मक सोच, स्ट्रेस व्यवस्थापन , समय व्यवस्थापन, जीवन व्यवस्थापन, संगसंगै व्यक्ति र समुहसंग अन्तरक्रिया गर्ने शीप आदि प्रदान गर्ने   ।

(ङ)  कांगेसको ख्याति वढाउन निम्न काम गर्न सकिन्छ : 

  • सरकारको पर्वाधार विकास निर्माण स्थानिय आवश्यकतानुसार गर्न लविङग गर्ने ।

  •  विकास निर्माणको कामलाई स्थानिय आर्थिक कियाकलापसंग जोड्ने निति अपख्तयार गर्ने    ।

  •  स्थानिय सरकारमा काँग्रेस जितेको ठाउँमा विकासनिर्माणका काममा तिव्रता दिदै जनतामाझ काँग्रेसको उपस्थिती कायम गर्ने ।

  •  तालिम गोष्ठी आदि मार्फत कार्यकर्ता र स्थानियजनताको आर्थिक सांस्कृतिक लगायत सवै पक्षको विकासमा सहयोग गर्ने । अस्तु

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।