शुक्रबार, बैशाख ७, २०८१

मुलुकको आवश्यकता भनेको राजा सहितको प्रजातन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री : श्यामप्रसाद तिमल्सिना

-उम्मेदवार एकिकृत राप्रपा (राष्ट्रवादी)प्रतिनिधिसभा ललितपुर क्षेत्र नं. ३- 

काठमाडौं मंसिर १५ ,प्रखर राष्ट्रवादी नेता श्यामप्रसाद तिमल्सिना एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को तर्फबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्र्तगत प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं. ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति समेत रहेका तिमिल्सिना केशरबहादुर विष्टपछिको राजावादी नेताका रुपमा परिचित रहेका छन् ।   राप्रपा राष्ट्रवादीको महासचिवको समेतको जिम्मेवारी सम्हाल्दै आसन्न निर्वाचनमा  राजा सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र धर्म सापेक्षताको मुल मुद्धालाइ चुनावी एजेन्दा बनाउँदै चुनावी मैदानमा होमिएका उम्मेदवार  तिमल्सिनाले आफ्नो पार्टीर्को प्रतिबद्धता भनेको बौद्ध, मुसलमान, किँरात लगायत सबै धर्मको सम्मान गर्दै सनातन हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रप्रमुखको रुपमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनताले आफुलाइ सहयोग गर्ने विस्वास व्यक्त गर्नु भएको छ ।

 त्यस्तै हिमाल, पहाड र तराई मधेश सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको रक्षा र भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीले देशैभरि उम्मेदवारी दिएको बताउँदै नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा सिर्जना हुँदै आएको अस्थिरताको सम्बोधन केवल कार्यकारी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजसंस्थाले मात्र गर्न सक्ने दावी सहित  ललितपुर क्षेत्र नं ३ अन्र्तगत हरिसिद्धि, ठैब, बाडेगाउँ, सुनागुठी, ठेचो, बुंङ्गमती, खोकना ललितपुर महानगरपालिका १, २, ३, ४, ५, १०, १३, १४, १५, २० वडाका  ८६ हजार ४,४१ मतदाताले यसपटक आफुलाइ महत्वपूर्ण जिम्मेवारी दिने   दृढ विस्वास अभिव्यक्त गर्नु भएको छ । यसै क्रममा उम्मेदवार तिमिल्सिनासंग उहाँका नविनतम एवम् पृथक चुनावी मुद्धा लगायतका सवालमा केन्द्रीत रहेर यस कान्तिपुर हटलाइनको स्थायी स्तम्भ समसामायिक वार्ताको लागि गरिएको विस्तृत संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

 स्मरण रहोस, ललितपुर क्षेत्र नम्बर–३मा कांग्रेसको तर्फबाट मदन अमात्य, वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी पम्फा भुसाल र अन्य साना दलहरुका उम्मेदवार चुनावी मैदानमा रहेका छन ।

उम्मेदवार तिमल्सिना भन्नुहुन्छ: 

  • ललितपुर भनेको सचेत वौद्धिक व्यक्तित्वको बसोवास भएको क्षेत्र हो ।

  •  ठूला भनाउँदा लोकतान्त्रिक र वाक गठबन्धनको गैर जिम्मेवारी रवैयाका कारण जनतामा निरासा छाएको छ ।
  •  विगतमा यस क्षेत्रमाबाट निर्वाचित भएका प्रतिनीधीले सपना बाँड्नु वाहेक यर्थातरुपमा यहाँका जनताको भावनालाइ सम्बोधन गर्न सकेनन ।
  •  जनताको म्याण्डेट विपरित मुलुकमा धर्म निरपेक्षता सहितको संविधान जारी गरियो ।
  •  अव राजसंस्था विना मुलुक चल्न सक्दैन ।
  • बढ्दो बाहे् हस्तक्षेपका कारण मुलुकको अस्मितानै संकटमा  ।
  • अल्पकालिन नौ–नौ महिनामा सरकार परिवर्तनको  फोहरी खेल, भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र वैदेशिक रोजगारको नाममा युवाशक्तिको पलायनलाइ रोक्न, दलीय भागवण्डाको अन्त्य गर्न र राजसंथा प्रतिको जनताको बढ्दो झुकावलाइ सम्बोधन गर्न अव कत्तिपनि ढिला गर्नु हुन्न ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930