बिहिबार, चैत्र १५, २०८०

मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने: निर्वाचन आयोग

 काठमाडौं मंसिर २०,  दोस्रो चरण अन्र्तगत विहिवार ४५ जिल्लामा  हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सरकारी निकायबाट जारी नागरिकतालगायत तस्वीर टाँस भएका भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

निर्वाचनमा मतदान गर्न पाउने मतदाताको मताधिकारको सम्मान गर्दै आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न उक्त व्यवस्था गरिएको जनाउँदै २०७० सालमा आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रसमेतका आधारमा मतदान गर्न सक्ने आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा यसअघि स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा तथा मतदाता नामावलीमा नाम थप भई यही मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र पाउनुभएका मतदाताले सोही मतदाता परिचयपत्रबाट मतदान गर्न पाउने आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।