शुक्रबार, चैत्र १६, २०८०

भोलीको विहानीसंगै मुलुक शान्ति समृद्धि र स्थिरताको नयाँ युगमा प्रवेस गर्ने प्रम देउवाको विस्वास

निर्वाचन सफलतामा पुृयाउन सकिएको उल्लेख गर्दै  प्रम देउवाले दिए सम्वद्ध सबैलाई धन्यवाद

 काठमाडौं मंसिर २१ , एकाध घटनाका कारण सिर्जना भएको जटिलस्थितका वीच पनि शान्तिपूर्ण रुपमा दोस्रो चरण अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको कुशल नेतृत्व र सबै पदाधिकारीको रातदिनको मेहनतले निर्वाचन सफलतामा पुृयाउन सकिएको उल्लेख गर्दै सम्वद्ध सबैलाई धन्यवाद दिनुुभएको छ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु-याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिनुभएको हो ।

साथै विज्ञप्तिमा प्रम देउवाले प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हँुदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस गरेको जनाउँदै तीनै तहको निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको छ, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्ग प्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई यसले स्थापित गर्ने उल्लेख गर्नु भएको छ । त्यस्तै आजको रात पिडादायि संक्रमणकालको अन्तिम रात रात हुने र भोलीको विहानीसंगै मुलुक शान्ति समृद्धि र स्थिरताको नयाँ युगमा प्रवेस गर्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।