बिहिबार, चैत्र १५, २०८०

भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्विरोध

एजेन्सी मंसिर १९, भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदको उम्मेदवारीका लागि सोमवारका लागि मनोनयन दताए गराउँने अन्तिम दिनसम्म पनि राहुल गान्धी वाहेक अरु उम्मेदवारको उम्मेदवारी दर्ता नभएपछि राहुल निर्विरोध निर्वाचित हुने भएका छन् ।  हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष छिन् ।

पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेको हो । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी थिइन् ।  भारतीय जनता पार्टीको  झण्डै हालीमुहाली रहेको  अवस्थामा   कांग्रेसको  जिम्मेवारी     राहुलको काँधमा  आएको  छ  । यसवीचमा  रहअुलेले  पार्टीको जिम्मेवारीलाइ  कसरी  पूरा गर्ने हो  त्यो प्रतिक्षाकै विषय बनेको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।