शुक्रबार, चैत्र १६, २०८०

बालाजुबाट १७ किलो सुनसहित छुल्टीम तामाङ पक्राउ

    तामाङले बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु ८ करोड आठ लाख ९४ हजार ५००

 काठमाडौ मंसिर १७,  मंसिर महानगरीय प्रहरी वृत्त बालाजुले १७ किलो सुनसहित भोटेकोशी गाउँपालिका घर भई हाल बौद्ध बस्ने छुल्टीम तामाङलाई आज साँझ पक्राउ गरेको छ ।  वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले निज तामाङ बालाजु चोकबाट पक्राउ गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार तामाङले बा ७९ प १५३८ मोटरसाइकलको साइलेन्सर पाइपभित्र लुकाएर ल्याएको अवस्थामा ती सुन फेला पारेको प्रहरीले जनाएको छ । 

  अनुसन्धान क्रममा प्रहरीले सुन रसुवाको केरुङ, नुवाकोट, धादिङको गल्छी हुँदै काठमाडौँ भित्रिएको बाट खुल्न आएको जनाउँदै तामाङबाट एक चिनिया नम्बर र अर्को नेपाली नम्बर रहेको मोबाइलसमेत बरामद गरेको जानकारी दिइको छ । बजार मूल्यअनुसार १७ किलो सुनको मूल्य रु ८ करोड आठ लाख ९४ हजार ५०० हुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।