शनिबार, बैशाख ८, २०८१

प्राविधिक समस्याका कारण वाहेक विद्युत् कटौती नहुँने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौ पुस ६, नेपाल विद्युत् प्राधिकरणले केहि दिन यता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विद्युत्भार कटौती हुने जस्ता अनाधिकृत समाचार प्रकाशित भइरहेकोमा प्राधिकरणको गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।

त्यस्तै प्राधिकरणले विद्युत् आपूर्तिलाई सकेसम्म सहज बनाउन प्रतिबद्ध रहेको र ग्राहकलाई बत्ती दिन गत वर्षझै यस वर्षको हिउँदमा समेत प्राधिकरण दृढताका साथ लागिपर्ने जनाउ दिदै प्राधिकरणले प्राविधिक समस्याको समयमा वाहेक विद्युत्भार कटौती नहुने स्पष्ट पारेको हो ।

त्यस्तै प्राधिकरणले विद्युत् आपूर्तिका लागि नेपाल आत्मनिर्भर नभएको अवस्थामा नेपाल–भारत प्रसारण लाइनबाट सहजरूपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत् चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत् खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।