बुधबार, बैशाख १२, २०८१

पार्टी एकता प्रक्रियालाई गति दिन एमाले स्थायी समितिको बैठक बस्दै

शुक्रवार बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकताको सवालमा नयाँ अध्यायको सूत्रपात गर्ने

काठमाडौं पुस ६,  वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रवार बस्ने भएको छ । यसको पूर्व तयारी स्वरुप आज बस्दै गरेको एमालेको स्थायी समितिको बैठकबाट पार्टी एकता र नयाँ सरकारका विष्यमा एमालेले छलफल सुरु गरेको गर्ने भएको छ ।

निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेपनि अनेक चर्चा र हल्ला चल्न थालेपछि समितिको बैठक बसेर एकता प्रक्रियालाई गति दिन आज स्थायी समिति बैठक बस्दै गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार आजको बैठकमा बर्तमान राजनितिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्रसँग पार्टी एकता छलफल लगायत राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको सवालमा समेत एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।    त्यस्तै एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष प्रचण्ड’लगायत शीर्ष नेता समेतको उपस्थितीमा शुक्रवार बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकताको सवालमा नयाँ अध्यायको सूत्रपात गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।