बुधबार, बैशाख १२, २०८१

पार्टी एकताको सवालमा नितिगत निर्णयका लागि माओवादी केन्द्रीय बैठक बस्दै

  • मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे नितिगत धारणा सार्वजनिक गर्ने

  •  बैठकमा अध्यक्ष प्रचण्डले एकताको आवश्यकता औचित्यको प्रसंगमा बुदागत प्रतिवेदन सहितको अभिव्यक्ति सहित केन्द्रको भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे ठोस धारणा बनाउने योजना

काठमाडौं पुस ३,  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पार्टीएकतासहितको भावी कार्यदिशा बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ ।  मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने जानकारी दिनु भएको छ । त्यस्तै आजको बैठकमा मुलत नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको बताईएको छ ।

त्यस्तै माओवादी केन्द्र सम्वद्ध सूत्रका अनुसार निर्वाचन लगत्तै एमालेसंग पार्टी एकता गर्ने बहुप्रतिक्षित चर्चाको सवालमा माओवादी केन्द्रको आज बस्ने बैठकले नितिगत निर्णय गर्ने र बैठकमा अध्यक्ष प्रचण्डले एकताको आवश्यकता औचित्यको प्रसंगमा बुदागत प्रतिवेदन सहितको अभिव्यक्ति सहित केन्द्रको भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्था बारे ठोस धारणा बनाउने योजना रहेको बताएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।