बिहिबार, बैशाख १३, २०८१

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद केपी ओलीलाई दिएर किमार्थ पार्टी एकता हुन नसक्ने नेता पौडेलको जिकिर

काठमाडौं पुस ११, नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक सदस्यको नामावाली सार्वजनिक गरेलगत्तै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेता पौडेलले आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहससंगको न्तरसंवादको क्रममा वाम गठबन्धनको विकल्पमा अरु कुनै सरकार बन्न नसक्नेसमेत दावी गरेका छन ।

 वामगठबन्धनलाई जनताले अनुमोदन गरेकाले सोही अनुसार चल्नुपर्ने उनको तर्क छ । तत्काल एमाले र माओवादीको शीर्ष नेताहरुको छलफलले सरकार गठन र पार्टी एकता एकसाथ हुने बताउँदै केपी ओली र प्रचण्डमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने यदि यस्तो हुन नसके अर्थात पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद केपी ओलीलाई भनेर एमालेका नेताहरुले भनेजस्तै हुने हो भने कदापि पार्टी एकता हुन नसक्ने जिकिर गर्नु भएको छ । एक अर्कालाई निषेध गर्ने गरी नभै सम्मानजनकरुपमा पार्टी एकता हुनु पर्नेमा उहाँको जोड रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।