बिहिबार, चैत्र १५, २०८०

नेविसंघका गोरखा जिल्ला उपाध्यक्ष वास्ताकोटीमाथि माओवादी कार्यकर्ताद्दारा सांघातिक आक्रमणबाट

काठमाडौ पुस २, नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश वास्ताकोटी माथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरी घाइते बनाएका छन् ।  प्रतिनिधी र प्रदेशसभाको चुनाव पश्चात समिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वाइसीएलका कार्यकर्ताले बास्ताकोटीलाई आक्रमण गरी घाइते बनाएको नेवि संघद्दारा जारी विज्ञप्तिमा उल्ेख गरिएको छ ।

संघका महामन्त्री कुन्दनराज काफ्लेद्दारा जारी विज्ञप्तिमा घाइते वास्ताकोटीको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको जनाउँदै छ । संघले एक विज्ञप्ती जारी गरेको घटनाको घोर भर्सना गर्दै घटनाका दोषीलाई तत्काल कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्नुको अलावा मानिसको मौलिकहक माथि जुनसुकै प्रहार पनि नेबिसंघले देशभरीका सम्पूर्ण साथीहरुले प्रतिकार गर्न अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।