बुधबार, बैशाख १२, २०८१

नेता प्रधानले भने- केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्छ

 काठमाडौ मंसिर २५ , रक्षामन्त्री एवम् नेपाली कांग्रेसको तर्फ बाट काठमाडौं निर्वाचन क्षेत्र न ६बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित नेता भीमसेनदास प्रधानले कांग्रेस केन्द्रीय समितिको बैठक तत्काल बस्दै चुनावी हारको सवालमा तत्काल समीक्षा गर्नुपर्ने बताएका छन् ।

 आज राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता प्रधानले  देशैभर काँग्रेसका उम्मेदवारले सामाना गर्नु परेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजीनामा दिएर विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनु भएको छ ।
साथै उहाँले यावत चुनौतिका वावजुद पनि सभापति देउवाले निर्वाचन सम्पन्न गराएर देशका लागि ठूलो योगदान गरेको पक्षप्रति संकेत गर्दै निर्वाचन पराजयको बाँकी शिर्ष नेतृत्वले सामुहिक जिम्मेवारी लिनुपर्ने जनाउ सहित केन्द्रीय पदाधिकारीहरु सबैले राजीनामा दिनुपर्नेमा जोड दिनु भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।