शुक्रबार, चैत्र १६, २०८०

नेता थापाको चुनावी सभामा बम विस्फोट ,विष्फोटमा गगनसहित १० जना घाइते

  • दुई जनाको अवस्था गम्भीर
  •  घार्इते नेता थापाको आफ्ना मतदातालाइ भने यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह
  •  बम प्रहारप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं मंसिर १८,  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारअन्र्तगतआज आफ्नो निर्वाचनको प्रचारप्रसार सहित काठमाडौं निर्वाचन क्षेत्र न  ४ का   लोकप्रिय उम्मेदवार एवम् काँग्रेसका केन्द्रीय सदस्य गगन थापाको चुनावी सभामा बम प्रहार भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ चपलीस्थित भंगाल महादेव कोलनी छेउमा भएको बम विष्फोटमा थापासहित १० जना घाइते भएका छन् ।  घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, रबिन्द्र कार्की, सुमन खड्का र रेणु बरुवाल छन् । त्यस्तै यि मध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदै गरेको थाहा भइको छ ।

यसैवीच बम आक्रमणमा परी घार्इते भएका नेता थापाले उृपचार पछि अस्पतालबाटै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन र मतदानमा सहभागी हुन आग्रह गरेका छन ।

यसैवीच नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगन  थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।   काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी चुनावी प्रचारप्रसारका क्रममा बुढानीलकण्ठ वडा नं २ चपलीको घरदैलो कार्यक्रममा हिँडिरहेको बेला अज्ञात समूहले काठमाडौँ ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार थापाप्रति बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरिएको हो । विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रलाई समाप्त पार्ने ढंगले काँग्रेस र लोकतन्त्रको पक्षमा उर्लंदो जनसागरबाट अत्तालिएर दिनानुदिन काँग्रेसका नेता तथा कार्यकर्तामाथि लक्षित गरेर  यस्ता घटना गराएको भन्दै भत्र्सना गरेको छ । यस्ता घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग मागसमेत गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।