बिहिबार, बैशाख १३, २०८१

तीन दिने नमुना संयुक्त राष्ट्र संघसभा काठमाडौं घोषणापत्र जारी गर्दै समापन

 अर्को सभा बंगलादेशमा हुने

काठमाडौ पुस १६,  काठमाडौंमा भएको नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । तीन दिने सभा विषेश कार्यक्रमको आयोजना गरि समापन गरिएको हो ।   रिलायन्स इजुकेशन नेटवर्क र हाउस अफ युथ डाइलग (एचवाईडी) बंगलादेशको संयुक्त आयोजना भएको ‘सस्टेनवेल डेभलपमेन्ट गोल मोडल युनाईटेड नेशन (एसडीजीएमयुएन)’ नाम दिइएको सभामा विदेशीसमेत ४ सय युवाविद्यार्थी सहभागीता रहेको  थियो ।   कार्यक्रममा सहभागी विद्यार्थीलाई संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु युएनडीपी, डब्लुएचअ, युनएनआईपीसी, डीआईएसईसी, युएनएचसीआर, युएनएचआरसी, युएनडब्लुटीओ, एसओसीएचयुएम गरी आठ समुहमा विभाजन गरि   संयुक्त राष्ट्रसंघ सभामा सहभागी हुँदा ती देशका प्रतिनिधिले आफ्नो देशमा भएका समस्याको उठान कसरी गर्छन ?  उठेका समस्यालाई त्यहाँ भएका अरू देशका सहभागीले कसरी सुझाव दिन्छन ? उठेको विषयलाई सभाले कसरी संकलन गर्छ भनेर नमुनाको रूपमा सिकाउन यो कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा विशेष गरी संयुक्त राष्ट्रसंघले तयार पारेको दीगो विकास लक्ष २०३० मा उल्लेख भएका एजेन्डामाथि रहेर विद्यार्थीलाई छलफल गराईएको थियो । विद्यार्थीले उठेका एजेन्डाको बारेमा अध्ययन गरी आफूलाई लागेका कुरा राख्ने र त्यसको प्रतिक्रिया लिने काम गरेका थिए ।
छलफलबाट उठेका केही समस्यालाई प्रत्येक समुहले आफ्नो एजेन्डाको रूपमा तयार पारी अन्त्यमा सबैको बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तुत भएका समस्यालाई सहभागी चार सय विद्यार्थीको सभाबाट स्वीकृत भएपश्चात एचवाईडीमार्फत संयुक्त राष्ट्रसंघमा पठाइएको छ । यसका साथै उक्त सभाले कार्यक्रमको अन्त्यमा सहभागी विद्यार्थी मध्येबाट प्रत्येक समुहमा उत्कृष्ठ हुने तीन जना प्रतिनिधिलाई सम्मान गरेको थियो । आयोजक रिलायन्स इन्टरनेश्नल एकेडेमीका अध्यक्ष रविन्द्रजंग थापाले संंयुक्त राष्ट्रसंघको दीगो विकास लक्ष २०३० हासिल गर्नका लागि यो कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भएको थियो ।   संयुक्त राष्ट्र संघको मोडलमा आधारित रहेर कार्यक्रम गर्दै आएको एचवाईडीले विश्वका विभिन्न मुलुकमा ४० वटा यस्ता कार्यक्रमको आयोजना गरिसकेको छ ।   कार्यक्रममा भारत, बंगलादेश, थाइल्याण्डलगायतका मुलुकका विद्यार्थी सहभागी भएकाले नेपाली विद्यार्थीले उनिहरुसँग अन्तरक्रिया गर्नसमेत पाएका छन् । त्यसैले यस्ता अन्तराष्ट्रियस्तरका कार्यक्रमको आयोजना विद्यालयको तर्फबाट पनि समय समयमा हुने पर्ने उनले बताए । अर्को नमुना संयुक्त राष्ट्र संघ सभा आगामी बर्ष बंगलादेशको ढाकामा हुने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।