भक्तपुर मंसिर १७, भक्तपुर क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका उमेदवार दमननाथ ढुंगानालाई निर्वाचित गराउँन ब्यवसायीहरुले आग्रह गरेका छन् । रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा कानुनका बिज्ञ र नेपालको शान्ति रुपान्तरणका एक अथक योद्धाका साथै संबिधानका जानकार, मानबअधिकारका बिषयमा पोख्त ढुगांनाका पक्षमा आफूहरुले खुलेर बोलेको बताउँदै उनीहरुले नेपालको राजनीतिक अस्थिरताको अनत्यका लागि समेत ढुंगानालाई निर्वाचित गराउँनुपर्नेमा जोड दिएका छन ।
पत्रकार सम्मेलन मार्फत पूर्व महान्याधिवत्ता महादेव यादव, बरिष्ठ अधिवक्ता हरिहर दहाल , नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेल र बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे लगाएतका वक्ताले भक्तपुर क्षेत्र नं २ का मतदाताले बिजय गराउनुको कुनै विकल्प नभएको जनाृ सहित यस्तो आग्रह गर्नु भएको हो ।
त्यस्तै भक्तपुर लगाएत अन्य जिल्लाहरुमा पनि कानुन ब्यवसायी निर्वाचनको प्रतिस्प्रर्धामा रहेको हुँदा मतदाताहरुले संबिधानको सफल कार्यान्वयनका लागि उहिरुलाइ समेत बिजयी गराउन आग्रह गरेका छन ।