शुक्रबार, चैत्र १६, २०८०

टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उद्घाटन पौष ३ मा

काठमाडौ मंसिर २५,  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको सार्वजनिक खेल तालिका  अनुसार आगामी पौष ३ गते हुने उद्घाटन खेलमा काठमाडौँ किङ्ग्स इलाभेन र ललितपुर पेट्रियटसबीच खेल हुनेछ । त्यसपछि लगातार ५ दिन दुई खेल हुनेछ भने ९ गते रेष्ट डे रहेको छ ।  प्रतियोगिताका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने प्रस्तुत प्रतियोगिताको क्वालिफायर म्याचहरु १२ गतेबाट हुनेछ । फाइनल पौष १५ गते शनिवार हुने आयोजकले जनाएको छ ।

नेपालस्थित टीभीएस कम्पनिको मुख्य पा्रयोजन र साल्ट टेडिङ कम्पनीको सह प्रायोजन रहेको एभरेस्ट प्रिमियर लिग  (ईपीएल)क्रिकेट प्रतियोगिताको  पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिम बिचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।