बिहिबार, बैशाख १३, २०८१

झापा ५ बाट एमाले अध्यक्ष ओली निर्वाचित ,काँग्रेसका गौतमसंग नेता बामदेव पराजित

  काठमाडौं मंसिर २४ , बर्दिया क्षेत्र नं १ मा नेपाली काँग्रेसका सञ्जय गौतमले वाम गठबन्धनका सूत्रधार समेत रहेका एमाले नेता बामदेवलाइ पराजित गरेको छ । निर्वाचित नेता गौतमले ४४ हजार ८२९ मत प्राप्त गरी विजयी हुदै गर्दा एमालेका वामदेवले ४४ हजार ७६ मत प्राप्त गर्नुभएको थियो ।

यसैवीच झापा ५ बाट एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ५७ हजार १३९ मत प्राप्त गरी निर्वाचित हनु भएको छ । अध्यक्ष ओलीले काँग्रेसका डा खगेन्द्र अधिकारीलाइ पराजित गर्नु भएको हो । अधिकारीले २८२९७ मत प्राप्त गर्नुभएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।