मङ्लबार, बैशाख ४, २०८१

कुन नेताले कहाँबाट गरे मतदान ?

काठमाडौं मंसिर २१ , आज सम्पन्न हुँदैगरे्को दोस्रो चरणको निर्वाचन अन्र्तगत प्रधानमन्त्रीदेखि, पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि पूर्वमन्त्री र केही चर्चित नेतामध्ये कसले कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराको गन्यापधुराको असिग्राम मावि रुवाखोला मतदान केन्द्रबाट मतदान गर्नु भएको छ भने कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिका–२ स्थित सत्यवती मतदान केन्द्रबाट र र कांग्रेस महामन्त्री डा शशांक कोइरालाले भने काठमाडौंको भ्याली स्कुल मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

त्यस्तै कांग्रेस युवा नेता गगन थापाले काठमाडौंको मैतिदेवी मतदान केन्द्रबाट मतदानकेन्द्रबाट , एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति केन्द्रबाट र एमालेकै वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय–९ स्थित राष्ट्रिय निमावि मतदान केन्द्रबाट र वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिकास्थित रामजानकी केन्दमा मतदान गर्नु भएको समाचार प्राप्त भएको छ ।

 त्यस्तैगरि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गनुृ भएको छ भने  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडाबाट मतदान गर्नु भएको छ ।  त्यस्तै प्राप्त जानकारी अनुसार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङस्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट राजपाका अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको मलंगवाबाट र कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले सिरहाको चन्द्रनारायण यादव निमाविबाट मतदान गर्नु भएको छ ।  कांग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर–१० स्थित कलवलगुडी केन्द्रबाट मतदान गर्दा अर्का नेता विमलेन्द्र निधिले धनुषाको राजेश्वर निधि मावि केन्द्रबाट मतदान गर्नु भएको समाचार प्राप्त भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।