शनिबार, बैशाख ८, २०८१

एमाले अध्यक्ष केपीओलीले हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्नु अहंकारको पराकाष्ठा :  नेता महत

प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने : नेता सापकोटा
ओलीले प्रधानमन्त्री  र प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी वहन गर्ने : नेता गुरुङ

 काठमाडौ पुस ६,  नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपतिले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल स्विकृत स्विकृत नगरे मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने तर्फ वेलैमा सचेत हनुपर्नेमा जोड दिनु भएको छ । आज राजधानीमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले महतले यस्तो अभिव्यक्ति दिनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति खोज्ने कुरा गर्दै गर्दा एमाले अध्यक्ष केपी ओलीजीले हामीले जे चाहन्छौं अब त्यही हुन्छ भन्नु अहंकारको पराकाष्ठा भएको बताउनु भएको छ ।   साथै उहाँले नयाँ जनादेश पछिको अवस्थामा सरकारमा बसिरहने रहर नै नभएको जिकिर गर्दै उहाँले वाम गठबन्धनले ५० वर्ष त के रु पाँच वर्षपनि सत्ता चलाउन नसक्ने दावी गर्दै राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि तत्काल सरकारबाट वाहिरिने जिकिर प्रस्तुत गर्नु भएको छ ।

त्यस्तै साक्षात्कारका अर्का वक्ता नेकपा माओवादी केन्द्रका नेता अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री देउवाले तत्काल राजिनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्ने बताउँदै राजिनामानै अहिलेको गतीरोधकको निकास भएको बताउँनु भएको छ ।

त्यस्तैगरि एमालेका नेता पार्वत गुरुङले पनि प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्नेमा जोड सिददै सरकारले अहिले सत्ता लम्ब्याएर मुलुकलाइअस्थिरतातर्फ लान खोजेको आरोप लगाउँनु भएको छ ।   त्यस्तै नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासको लागि मत दिएको भन्दै ओलीजी ले प्रधानमन्त्री र प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी वहन गर्ने बन्नुहुन्छ।’ उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बप्राय निश्चित भइसकेको समेत जिकिर गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।