बिहिबार, बैशाख १३, २०८१

एमाले अध्यक्ष ओलीले भने- भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गर्नु भएको थियो

काठमाडौ पुस ८, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीको अवसरमा आज बाँडेगाउँमा विशेष कार्यक्रमका साथ मनाईएको छ ।  कार्यक्रममा प्रभानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएपनि उहा कार्यक्रम जान अनिछुक्क भएका कारण  एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख आतिथ्यतामा स्व नेता भट्टराईको ९४ औं जन्मजन्मजयन्ती मनाईएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा नेता ओलीले अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गरेको स्मरण गर्नुभयो । राणाकालको कष्टकर समयमा समेत परिवर्तनका लागि लागेको भन्दै उहाँले भट्टराईको प्रशंसा गर्नुभएको थियो ।

काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, प्रा डा जगमान गुरुङ लगायतका वक्ताले सन्त नेता कृष्णप्रसाद भट्टराईबाट अहिलेका नेताहरुले धेरै कुरा सिक्नसक्ने पर्नेमा आफ्नो अभिमत प्रस्तुत गर्नु भएको उक्त  कार्यक्रमम रामहरि खतिवडा, कामपा का पूर्व मेयर पिएल सिंह लगायतको उपस्थिती रहेको थियो ।